२७ भदौ, काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदै छन्।
यसअघि यी तीन नेता सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए।



