- सीआईएसएसी र एमआरसीएसएनले नेपालमा प्रतिलिपि अधिकार संरक्षण र संगीत रोयल्टी व्यवस्थापन प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन् ।
- बेन्जामिन एनजीको नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा मन्त्री खड्कराज पौडेलसहित सरकारी अधिकारी र सांस्कृतिक क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो ।
- छलफलमा प्रतिलिपि अधिकार ऐनको समीक्षा, डिजिटल प्रणाली सुधार, सार्वजनिक चेतना अभियान र एआई विकासकर्तासहित सबै प्रयोगकर्ताले कानुन पालना गर्नुपर्ने विषय उठाइएको थियो ।



